९ मंसिर २०८१, आईतवार
सिद्धार्थ बैंकले समुद्र सतहबाट सबैभन्दा बढी उचाईमा एटीएम खोलेको छ । समुद्र सतहबाट ३ हजार ७ सय ९० मिटर उचाइमा सोलुखुम्बुको खुम्जुङ उपत्यकामा बैंकले एटीएम सञ्चालनमा ल्याएको हो ।
नाम्चेबजारभन्दा माथि पहिलो पटक सिद्धार्थ बैंकको एटीएम मेसिन राखिएसँगै यस क्षेत्रका बासिन्दालाई रकम निकाल्न नाम्चेबजार पुग्नु नपर्ने भएको हो । एटीएम सञ्चालनले बैंकले एभरेस्ट बेस क्याम्प भ्रमण गर्न आउने पर्यटकका लागि थप सुविधा पुग्ने विश्वास लिएको छ ।