माछापुच्छ्रे बैंक, टाइम्स रेमिट र एएमभी टेल कम्पनीबीच त्रिपक्षीय सम्झौता

होमल्याण्ड खबर

२०७५ माघ २ गते, बुधबार ११:०५ मा प्रकाशित

माछापुच्छ्रे बैंक, टाइम्स रेमिट र एएमभी टेल कम्पनीबीच त्रिपक्षीय सम्झौता भएको छ । बैंकका ग्राहकका साथै सर्वसाधारणका लागि सुविधास्वरुप रेमिटएप मोबाइल वालेट सेवा सम्बन्धी त्रिपक्षीय सम्झौता भएको हो ।

सम्झौतापत्रमा माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्मा तथा टाइम्स रेमीटका प्रबन्ध निर्देशक अनिल स्थापित र र एएमभी टेलका प्रबन्ध निर्देशक अनिल शर्माले हस्ताक्षर गरे ।

सम्झौताअनुसार माछापुच्छ्र्रे बैंकका ग्राहक एवम् सर्वसाधारणले रेमिटएप वालेट प्रयोग गरी विदेशबाट आफ्ना आफन्तलाई रेमिटेन्स पठाउन सक्नेछन् । साथै डोमेस्टिक रेमिटेन्स र बिल भुक्तानीको सुविधा पनि उपभोग गर्न पाउनेछन् । बिल भुक्तानीबाहेक ग्राहकहरुले आफ्नो बैंक खाताबाट वालेटमा तथा वालेटबाट बैंक खातामा आफुले चाहेको रकम समेत स्थानान्तरण गर्न सक्नेछन् ।