दोस्रो त्रैमासिकमा एनआईसी एशियालाई ऐतिहासिक सफलता

होमल्याण्ड खबर

२०७५ माघ ३ गते, बिहीबार १२:५३ मा प्रकाशित

एनआईसी एशिया बैंकले चालु आवको दोस्रो त्रैमासको अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको विवरणअनुसार बैंकका वित्तीय विवरणका परिसूचक अत्यन्त उत्साहजनक छन् ।

बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म वार्षिक विन्दुगत आधारमा १ सय ७२ प्रतिशत अर्थात् १ अर्ब ३५ करोड रुपैयाँले वृद्धि गरी २ अर्ब १४ करोडको सञ्चालन मुनाफा आर्जन गर्न सफल भएको छ । त्यस्तै गरी खुद मुनाफातर्फ वार्षिक विन्दुगत आधारमा १ सय ६४ प्रतिशत अर्थात् ९४ करोडको वृद्धिसहित १ अर्ब ५१ करोड रुपैयाँ पुगेको छ ।

गतवर्षको सोही अवधिको खुद मुनाफा ५७ करोड १८ लाख रहेको थियो । बैंकले वार्षिक विन्दुगत आधारमा ५३ प्रतिशत अर्थात् ७४ अर्ब रुपैयाँको वृद्धि गरी वासलातको आकार २ खर्ब १४ अर्ब रुपैयाँ पुर्याएको छ ।

जसअन्तर्गत कर्जातर्फ ४८ अर्ब वृद्धि गरी १ खर्ब ४९ अर्ब र निक्षेप संकलनतर्फ ५५ अर्र्बको वृद्धि गरी १ खर्ब ७५ अर्ब अर्ब पुगेको छ । उक्त वृद्धि नेपाली बैंकिङ्ग ईतिहासमा कुनै पनि बंैकले वार्षिक विन्दुगत आधारमा हासिल गरेको वृद्धिका हिसाबले हाल सम्मकै उच्च वृद्धि रहेको बैंकको दाबी छ ।