३० कार्तिक २०८१, शुक्रबार
चोलेन्द्र शमशेर जबराले आफु प्रधानन्यायाधीश भए लगतै ३३ किलो सुन प्रकरणको आदेश र फैसलामा संलग्न पाँच न्यायाधीशलाई छानबिनका लागि बिहीबार न्याय परिषद्मा बोलाएका छन् ।
विराटनगर उच्च अदालतबाट काजमा बोलाइएका न्यायाधीशमा नागेन्द्र लाभ कर्ण, थीरबहादुर कार्की, उमेशकुमार सिंह, उमेशराज पौडेल र सारंगा सुवेदी रहेको सर्वोच्च उच्च स्रोतले जनाएको छ।
न्याय परिषद्को गत साता विराटनगरमा भएको निरीक्षणका क्रममा प्राप्त गुनासा र उजूरीका आधारमा उनीहरुलाई छानबिनका लागि बोलाइएको हो।
सोही प्रतिवेदनका आधारमा प्रधानन्यायाधीशले पाँच न्यायाधीशलाई परिषद्मा हाजिर गराउने निर्णय लिएका हुन्।
यद्यपी यो विषयमा परिषद्का अन्य पदाधिकारीबीच छलफल भने नभएको जानकारीमा आएको छ । तर उनिहरुलाई भने छानबिन नसकिदासम्म न्याय परिषद्मै हाजिर गराइने भएको बताइएकोे छ।