सिद्धार्थका थप तीन बीमा सेवा

होमल्याण्ड खबर

२०७५ माघ ४ गते, शुक्रबार ११:२७ मा प्रकाशित

सिद्धार्थ इन्स्योरेन्सले तीन नयाँ बीमा सेवा थप गरेको छ । बीमा समितिका अध्यक्ष चिरञ्जीबी चापागार्इं तथा सिद्धार्थ इन्स्योरेन्सका अध्यक्ष रतनलाल केडियाले संयुक्त रुपमा यी बीमा सेवा शुभारम्भ गरे । नयाँमध्ये सिद्धार्थ आदर्श नारी दुर्घटना बीमा महिलाहरुको आर्थिक सुरक्षालाई मध्यनजर गरेर ल्याइएको महिला मैत्री बीमालेख हो ।

बीमालेखले बीमितको साथै निजको पतिको समेत दुर्घट्ना बीमा जोखिम बहन गरेको  छ । यसको साथसाथै  बीमित अस्पताल भर्ना भएको उपचार खर्च समेत बहन गर्ने सम्बन्ध बिच्छेदको अवस्थाआई परेमा सो सम्बन्धमाआई पर्ने खर्च बहन गर्ने दुर्घट्ना जन्य कारण –(बाढी, पहिरो, आगलागी, भुईंचालोबाट घरायसी सामानको क्षति भएमा सोसमेत जोखिम बहन गर्ने तथा सुत्केरी गराउने सिलसिलामा अपरेसन वा सुत्केरी हुन नसकी बीमितको मृत्यु भएमा)जस्ता सेवा समावेश गरिएको छ ।

यस्तै अर्को महत्वपुर्ण बिमा सिद्धार्थ पारिवारिक दुर्घटना बीमाले एकै परिवारका चार सदस्य श्रीमान, श्रीमती तथा दुई १८ वर्ष सम्मका सन्तान एकै बीमा लेखमा समावेश गर्ने छ । बीमीतको पति वा पत्नीको जोखिम समेत बहन गर्ने, साथै बीमीतको १८ बर्ष सम्मका दुई बच्चाहरुको दुर्घटना जोखिम बहन गरिएको तथा एक परिवारलाई एकै बीमालेखले सुरक्षित गर्ने छ ।

अर्को बीमा डाक्टर तथा चिकित्सा पेशामा रहँदा आइपर्ने कानूनी दायित्वको क्षतिपूर्ति प्रदान गर्ने उद्देश्यले ल्याइएको छ । प्रोफसनल आइडेन्टिटि फ डक्टर्स एन्ड मेडिकल प्रोफेसनर्स बीमा यसको नाम हो । यस बीमालेखले प्रचलित अन्य बीमालेख भन्दा फरक ढंगले सामुहिक प्रतिबद्धता गरिएको रकम पनि क्षतिपूर्ति दिन्छ ।

सिद्धार्थ इन्स्योरेन्सले ७० भन्दा बढी शाखा सञ्जालबाट आफ्ना सेवा विस्तार गरिरहेकाे छ ।