८ मंसिर २०८१, शनिबार
नेपालका लागि जेसीबी निर्माण तथा हेभी इक्विपमेन्टको एक मात्र बिक्रेता एमएडब्लु अर्थमुभर्स प्रा. लि.ले जेसीबी मेसिन खरिदका लागि अभुतपूर्व डाउन पेमेन्टको योजना सार्वजनिक गरेको छ । सबै किसिमका निर्वाचन सम्पन्न भएको छ । अब स्थीर सरकारकोे मुख्य लक्ष्य नै विकास हुनु पर्छ । अब विकासले गति लिने अपेक्षा आम नागरिकको रहेको छ । यसका लागि जेसीबीले नारा नै बनाएको छ, ‘विकासका लागि निर्माण, निर्माणका लागि जेसीबी’ ।
एमएडब्लु अर्थमुभर्सका सेल्स एन्ड मार्के्टिङ हेड दिपक राज गिरी स्थानीय र संसदीय निर्वाचनको समापनसँगै अब विकास निर्माणको कामले तीव्रता पाउने अपेक्षा गर्दे जस्तोसुकै निर्माण कार्यका लागि हेभि इक्विपमेन्ट आवश्यक पर्ने भएकाले यसको बजार व्यापक विस्तार हुने बताउँछन ।
कम्पनीले २० प्रतिशत डाउन पेमेन्ट अफरमा हामी हाम्रा विश्वसनीय उत्पादन जेसीबी एक्साभेटर र ब्याकहो लोडर राष्ट्रिय तहमा मात्र होइन स्थानीय तहमा समेत पु¥याउन चाहन्छौं,’ गिरीले भने । ‘नेपालमै हेभि इक्युपमेन्टमा सबैभन्दा बढी रुचाइएको ब्रान्डको यो अफरबाट सरकारी पक्ष मात्र होइन निजी क्षेत्र पनि लाभान्वित हुनुहुने गिरीले अपेक्षा गरेका छन् । नेपालको नम्बर १ ब्रान्ड जेसीबीका एस्काभेटर, ब्याकहो लोडर, रोलर, कम्प्याक्टर, ह्विल लोडर, लोडअल र रोबोट लगायत उत्पादन बजारमा छन् । इन्धन कम खपत हुने, मर्मत खर्च कम लाग्ने र उत्कृष्ट काम गर्ने भएका कारण यी मेसिनहरु लोकप्रिय छन् । पर्याप्त जनशक्ति र स्पेयर्सका कारण जेसीबी प्रतिको जनविश्वास बढ्दै गएको छ । हाल पाँच हजार सन्तुष्ट ग्राहक रहेको कम्पनीले जनाएको छ । एमएडब्लु अर्थमुभर्सले सन् २००३ मा बेलायती हेभि इक्विपमेन्ट ब्रान्ड जेसीबीको डिलरसिप लिएको थियो । ललितपुरमा अवस्थित जेसीबीमा हाल साढे दुईसयभन्दा बढी कर्मचारी कार्यरत छन् भने अर्थमुभिङ र निर्माण उपकरण क्षेत्रमा यसको बजार हिस्सा ५० प्रतिशतभन्दा बढी छ ।देशभर ११ स्थानमा ‘थ्रि एस’ सुविधासहितको शाखा, चार वटा आधिकारिक विक्री केन्द्र (एआरओ) र एक सय ६६ जना सर्भिस इन्जिनियर जेसीबीका ग्राहकको सेवामा सदा तत्पर रहेको कम्पनीले जनाएको छ । हाल जेसीबीले काठमाडौं, पोखरा, बुटबल, धनगढी, इटहरी, वीरगञ्ज, चितवन, दाङ, सुर्खेत र जनकरपुरबाट सेल्स, सर्भिस र स्पेयरको सेवा दिइरहेको छ । जेसीबीले बिक्रीलाई होइन विक्रीपछिको सेवालाई जोड दिएकै कारण नेपालको हेभि इक्विपमेन्ट क्षेत्रमा नम्बर १ ब्रान्ड बन्न सफल भएको गिरीले बताए ।
अफर प्रयोग तरिका
स्थानीय स्तरमा समेत उद्यमी तयार पार्न यस्तो अफर ल्याइएको कम्पनीले दावी गरेको छ । यस अफरमा सहयात्री बैंक एनसीसी बैकले पनि राष्ट्र निर्माणमा केही योगदान पु¥याउन यो अफर ल्याएको जनाएको छ ।
यो अफरको सुविधा जेसिवीको केन्द्रिय कार्यलय धोबीघाट सहित काठमाडौ बाहिर रहेका कार्यलय र एनसीसी बैकका हाल ७८ वटै ब्रान्चमार्फत लिन सकिने छ । बैकले न्युनतम १२ प्रतिशत ब्याजदरमा स्टलमेन्ट लिन सकिने जनाएको छ ।