नेपाल राष्ट्र बैंकद्वारा ठूला भारतीय नोट कारोबारमा प्रतिबन्ध

होमल्याण्ड खबर

२०७५ माघ ७ गते, सोमबार १२:२७ मा प्रकाशित

आइतबारदेखि नेपाल राष्ट्र बैंकले ठूला दरका भारतीय नोट कारोबारमा प्रतिबन्ध लगाएको छ ।

बैंकले दुई साता अघि नै रिजर्भ बैंक अफ इन्डियालाई पत्र लेख्दै ठूला दरका भारु नोट चलाउन स्वीकृति माग गरेको थियो ।

भारतीय केन्द्रीय बैंकबाट सो कुराको कुनै जवाफ नआएपछि नेपालको केन्द्रिय बैंकले आइतबारदेखि नेपालमा १०० भारुमाथिका नोट नचलाउन सर्वसाधारणलाई निर्देशन जारी गरेको छ । बैंकले १०० भन्दा तलका भारतीय नोट भने कारोबार गर्न पाइने बताएको छ ।

भारतले नोटबन्दीपछि ५०० र २००० दरका नोट छापे पनि नेपालले पुराना नोट नसाटेपछि नेपाल सरकारले महिना दिनअघि नै भारतीय ठूला नोट नचलाउने निर्णय गरेको थियो ।

नेपाल राष्ट्र बैंकले भारु २००, ५००, १००० र २००० दरका नोट कारोबार गर्न तथा साथमा राख्न प्रतिबन्ध लगाएको निर्देशन जारि गरेको छ ।