९ मंसिर २०८१, आईतवार
भक्तपुरको जडिबुटीदेखि मध्यपुरथिमिको राधे राधेसम्म अरनिको राजमार्गको दायाँबायाँ दूबो सहितको हरियाली सडक बन्ने भएको छ ।
सोमबार भक्तपुरमा अनौपचारिक क्षेत्र सेवा केन्द्र ईन्सेकले आयोजना गरेको “विकासका लागि नागरिक समाज तथा संचारजगतबीच सहकार्य” विषयक अन्तरक्रिया कार्यक्रम बोल्दै प्रतिनिधिसभाका सांसद एवं पूर्व उद्योग मन्त्री महेश बस्नेतले यस्तो बताएका हुन् ।
उनले भने, ‘राजमार्ग हरियाली बनाउने भईयो, सडकमा सोलार बत्ति पनि हाल्ने भईयो तर यता राजमार्गको दक्षिणपट्टि सूर्यविनायक र उत्तरपट्टि रहेको भक्तपुरको समन्वय नहुँदा सोलार बत्ति र हरियाली निर्माणको काम अगाडि बढाउन सकिएन, भक्तपुर नगरपालिका समन्वय गरेर जानै चाहदैन ।
भक्तपुर नगरपालिकाले पर्यटन शुल्क वापत संकलन गरेको रकमको ४० प्रतिशत अन्य नगरपालिकाको पर्यटन विकासमा लगाउनु पर्ने उनको भनाई थियो ।
साथै बस्नेतले भक्तपुरमा अब सुशासन अभियान संचालन गर्ने बताउँदै यहाँका कुनै पनि कार्यालयष्मा सेवाग्राहीको गुनासो नरहने र सबै कार्यालयलाई भ्रष्टाचार मुक्त बनाउने अभियान अब गरिने समेत बताए ।