९ मंसिर २०८१, आईतवार
सरकारले लामो समयदेखि रोकिएको मलेसियाको रोजगार प्रक्रिया आंशिक रुपमा खुला गर्ने भएको समाचार आजको कारोबारले पहिलो पृष्ठमा छापेको छ ।
समाचारमा लेखिएको छ, भिसा आएर पनि प्रवेश गर्न नपाएका नेपाली कामदारलाई ९ महिनापछि पठाउने प्रक्रिया सुरु गरेर मलेसियाको रोजगारी खुला गर्ने भएको हो ।
मलेसिया सरकारले भिसा लागेर आफ्नो देश प्रवेश गर्न नपाएका कामदारलाई पठाउन नेपाल सरकारसँग अनुरोध गरेपछि मलेसियाको रोजगारी क्रमश खुला गर्ने सरकारी तयारी रहेको छ ।
बिगत लामो समयदेखि रोकिएकोमलेसिया कामदार जाने प्रक्रिया दुई देशको कुटनीतिक संवादपछि खुल्ने भएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।