९ मंसिर २०८१, आईतवार
गुराँस लाइफ इन्स्योरेन्स कम्पनी र कामना सेवा विकास बैंकबीच बैंकासुरेन्स सम्झौता भएको छ । सम्झौतासँगै कामना सेवा विकास बैंकका सबै कार्यालयबाट गुराँस लाइफको १२ वटै जीवन बीमा योजना विक्री हुनेछ ।
सम्झौतामा गुराँसका प्रमुख कार्यकारी अधिकृत नारायण कुमार भट्टराई र कामना सेवाका निमित्त प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले हस्ताक्षर गरे ।