नेपालले फिनल्यान्डको नीतिबाट फाइदा दिनुपर्छः राजदूत एन्टिनेन

होमल्याण्ड खबर

२०७५ माघ १० गते, बिहीबार १५:५१ मा प्रकाशित

नेपालका लागि फिनल्यान्डका नवनियुक्त राजदूत पे्रटी एन्टिनेनले दुई मुलुकबीच विद्यमान आर्थिक सम्बन्ध आउँदा दिनमा अझ मजबूत र दृढ हुने बताएका छन् । नेपाल उद्योग परिसंघसँगको भेटमा राजदूत एन्टिनेनले नेपालमा संविधान निर्माणपछि स्थिर सरकार भई व्यवसायमैत्री वातावरणको सिर्जना भएको हुँदा द्विपक्षीय सम्बन्ध विस्तारमा फिनल्यान्ड सरकार आतुर रहेको बताए ।

राजदूत एन्टीनेनले फिनल्यान्ड सरकारले २१ सेप्टेम्बर १९७४ देखि नेपालसँग दौत्य सम्बन्ध स्थापित भएदेखि फिनल्याण्डले वन, जलस्रोत, सुशासन आदिमा सहयोग पुर्याउन सकेको स्मरण गरेका थिए ।

उनले २०१६ को फिनल्यान्डको विकास नीति पनि दीगो विकास एजेन्डामा आधारित रही विकासोन्मुख मुलुकहरुको अर्थतन्त्र विकास गरी, रोजगारीको अवसर सिर्जना गर्न, महिलाको हकअधिकार प्रदान गर्न उचित वातावरण तयार गर्ने, सुशासन खाद्य संप्रभुतामा जोड दिनेमा आधारित रहेको हुँदा नेपालले पनि यी नीतिबाट फाइदा लिई द्विपक्षीय आर्थिक एवम् व्यापारिक सम्बन्ध नयाँ दिशामा पुर्याउनु पर्नेमा जोड दिए ।