कामना सेवा विकास बैंकद्वारा कुष्ठरोग अस्पतालका विरामीलाई ह्विल चियर प्रदान

होमल्याण्ड खबर

२०७५ माघ १५ गते, मंगलवार १५:२२ मा प्रकाशित

कामना सेवा विकास बैंक लिमिटेडले कुष्ठ रोगका विरामीहरुलाई ह्विल चियर प्रदान गरेको छ ।

पोखरा हरियोखर्क स्थित कुष्ठरोग अस्पतालमा आयोजित एक कार्यक्रमकाबीच अस्पतालमा रहेका कुष्ठ रोगका विरामीहरुलाई ह्विल चियर प्रदान गरेको हो । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ६६ औं विश्व कुष्ठरोग दिवसको अवसर पारेर लायन्स क्लव अफ पोखरा सेन्त्र«ल टाउनसँगको सहकार्यमा सो सहयोग गरेको हो ।

पोखरा महानगरपालिका १५ का वडा अध्यक्ष प्रकाश पौडेल, अस्पतालका डाइरेक्टर दिपक मर्हजन, सुपरिटेडेन्ट डा. ब्रुस हायस, प्रशासक अधिकृत युवराज आचार्यसाथै बैंकका सञ्चालकद्घय चतुराखर अधिकारी र देवकृष्ण काफ्ले र सहायक महाप्रवन्धक टुवराज बास्तोलाले संयुक्त रुपमा ह्विल चियर हस्तान्तरण गरे ।

हाल अस्पतालमा ४० जना भन्दा बढी जटिल अवस्थाका विरामीहरु रहेका र बैंकको यो सहयोगले थौरै भएपनि राहत मिल्ने र आगामी दिनमा समेत यस्ता समाजिक कामहरू गर्दै जाने बैंकको नीति रहेको सञ्चालक देवकृष्ण काफ्लेले बताए ।