बुधबार सुनको मूल्य ६२ हजार २ सय रुपैयाँ कायम

होमल्याण्ड खबर

२०७५ माघ १६ गते, बुधबार ११:२६ मा प्रकाशित

पछिल्ला दिनहरुमा सुनको मूल्य आकाशिएको छ । बुधबार (माघ १६) सुनको मूल्य ६२ हजार २ सय रुपैयाँ कायम भएको छ ।

अघिल्लो कारोबारको तुलनतामा आज सुन तोलामा सात सय रुपैयाँले बढेको हो । अघिल्लो कारोबारमा सुन ६१ हजार ५ सय रुपैयाँ थियो ।
तेजावी सुन भने प्रतितोला ६१ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यता, चाँदीको मूल्य प्रतितोला ७८० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।