९ मंसिर २०८१, आईतवार
सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले मंगलबार नेपाल बैंकसँग “बैंकासुरेन्स” सेवा उपलब्ध गराउने सम्बन्धी सम्झौता गरेको छ । उक्त सम्झौतापत्रमा नेपाल बैंकका कामु प्रमुख कार्यकारी अधिकृत देवेन्द्र प्रताप शाह तथा सिटिजन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत पोषक राज पौडेलले हस्ताक्षर गरेका हुन् ।
बीमाको सेवा तथा योजनामा सहज पहुँच उपलव्ध गराउन सफल सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी र भरपर्दो बैंकिङ्ग सेवा दिँदै आएको नेपाल बैंकबीच भएको यो सम्झौताले ग्राहकवर्गका लागि थप सुविधा प्राप्त हुने विश्वास दुवै कम्पनीले लिएका छन् ।
सम्झौता अनुसार ग्राहकहरुले नेपाल बैंकका देशभरि संचालनमा रहेका १५८ शाखाहरुबाट सिटिजन लाइफ इन्स्योरेन्सको जीवन बीमालेख प्राप्त गर्न, प्रिमियम भुक्तानी गर्न, दाबी गर्न लगायत सम्पूर्ण जीवन बीमा सेवाहरु प्राप्त गर्न सक्नेछन् ।
ग्राहकको सुरक्षा र निश्चिन्तताको लागि सिटिजन लाईफ इन्स्योरेन्स कम्पनीले नेपालमै पहिलो पटक ल्याएको सिटिजन जीवन सारथी र क्रिटिकल केयर प्लस जस्ता नवीन तथा नौलो योजनाहरुले ग्राहकहरुको मन जित्न सफल भएको छ ।
जीवन सारथी योजना अन्तर्गत बीमितले ९० वर्षको उमेरसम्म पैसा पाउने छन् भने क्रिटिकल केयर प्लस मार्फत बीमितले सर्वाधिक २० घातक रोगहरु विरुद्ध औषधि–उपचार खर्च प्राप्त गर्नेछन् । यसै सम्झौतासँगै नेपाल बैंकका ग्राहकहरुले पनि यस नौलो योजनाहरुको लाभ उठाउन सक्नेछन् ।
नेपालभर फैलिएका ग्राहकहरुलाई सेवा प्रदान गर्ने क्रममा सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले नेपालका विभिन्न ठाँउहरुमा ६० वटा भन्दा बढि शाखाहरु संचालनमा ल्याइसकेको छ।