एनआइसी एशियाको नाफा १६५ प्रतिशतले बृद्धि

होमल्याण्ड खबर

२०७५ माघ १६ गते, बुधबार १४:१० मा प्रकाशित

एनआईसी एशिया बैंकले चालु आर्थिक वर्ष २०७५/७६ को दोस्रो त्रैमासमा  १ अर्ब ५१ करोड ५९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।
यो गत वर्षको यसै अवधिको तुलनामा  १६४.३४ प्रतिशतले नाफा बृद्धि गरेको हो । गत वर्ष यसै अबधिको तुलनामा ५७ करोड १७ लाख रुपैयाँ थियो ।

बैंकको वासलातको आकार ५३ प्रतिशतले  (रु. ७४ अर्ब) बृद्धि भएर  २ खर्ब १४ अर्ब  रुपैयाँ पुगेको छ ।

एनआइसीले १ खर्ब ७५ अर्ब ७६ करोड रुपैयाँ निक्षेप संकलन गर्दा १ खर्ब ४९ अर्ब ३० करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । बैंकको चुक्तापुँजी ८ अर्ब ८३ करोड ४२ लाख रुपैयाँ छ ।

बैंकको मुलुकभर २ सय ७५ शाखा कार्यालयहरु, २ सय ८९ एटिएम, ३७ वटा एक्सटेन्सन काउण्टर र २३ वटा शाखा रहित बैंकिङ्ग ईकाई रहेको छ ।

यो मुलुककै ठूलो शाखा सञ्जाल भएको बैंक बनेको छ  । हालसम्म यस बैंकमा ग्राहकको संख्या करिब १४ लाख ५० हजार रहेको छ ।

को अपरिस्कृत वित्तीय विवरण मिति २०७५ माघ २ गते सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरणका परिसूचकहरु अत्यन्त उत्साहजनक रहेका छन् । बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म वार्षिक विन्दुगत आधारमा १७२ प्रतिशत (रु. १ अर्ब ३५ करोड) ले वृद्धि गरी रु. २ अर्ब १४ करोडको सञ्चालन मुनाफा आर्जन गर्न सफल भएको छ त्यस्तै गरी खुदमुनाफातर्फ वार्षिक विन्दुगत आधारमा १६४ प्रतिशत (रु. ९४ करोड) को वृद्धि सहितरु. १ अर्ब ५१ करोडको खुद मुनाफा आर्जन गर्न सफल भएको छ । गतवर्षको सोही अवधिको खुदमुनाफा रु. ५७.१८ करोड रहेको थियो ।

एनआइसी एसियाको निक्षेप संकलन १ खर्ब ७५ अर्ब ७६ करोड ४३ लाख ५६ हजार रुपैयाँ रहेको छ । यस्तै, कर्जा लगानी १ खर्ब ४९ अर्ब ३० करोड ३९ लाख ४४ हजार रुपैयाँ पुगेको छ ।

पु-याउन सफल भएको छ । जस अन्तर्गत कर्जा तर्फ वार्षिक विन्दुगत आधारमा ४८प्रतिशत (रु. ४८ अर्ब) को वृद्धि गरी रु. १४९.३ अर्ब रनिक्षेप संकलनतर्फ वार्षिक विन्दुगत आधारमा ४६प्रतिशत (रु. ५५ अर्र्ब) को वृद्धि गरी रु. १७५.७६ अर्ब पु-याउन सफल भएको छ । उक्तवृद्धि नेपाली बैंकिङ इतिहासमाकुनै पनि  बैकले वार्षिक विन्दुगतआधारमा हासिल गरेको वृद्धिका हिसाबले हाल सम्मकै उच्च वृद्धि हो ।