१२ मंसिर २०८१, बुधबार
नेपाल वायु सेवा निगमको व्यवस्थापकीय कमजोरीका कारण निगमका ६ वटै चिनियाँ विमान ग्राउन्डेड भएको समाचार आजको कान्तिपुरले एघारौं पृष्ठमा छापेको छ ।
समाचारमा लेखिएको छ, निगमसँग रहेका ४ साना वाई १२ ई र दुइटा मझौला एमए ६० ग्राउन्डेड भएका हुन् ।
चिनियाँसहित ग्राउन्डेड भएका निगमका जहाजको संख्या १० पुगेको छ । २ वटा टीनअटर, २ वटा एमए ६० र २ वटा जेट विमान यसअघि नै ग्राउन्डेड भएका छन् ।
निगमको विमानस्थल स्रोतका अनुसार आन्तरिक उडानका लागि जहाज नै नभएपछि बिहीबार निगमले कुनै पनि आन्तरिक रुटमा उडान तालिका सार्वजनिक गरेन ।