ग्लोबल आइएमई बैंक र मुसिकोट नगरपालिकाबीच सम्झौता

होमल्याण्ड खबर

२०७५ माघ १८ गते, शुक्रबार १३:४६ मा प्रकाशित

ग्लोबल आइएमई बैंक र गुल्मी जिल्लाको मुसिकोट नगरपालिकाबीच कृषि ऋणको व्याजमा ५० प्रतिशत अनुदान प्रदान गर्ने सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

स्थानिय कृषकहरुलाई ग्लोबल आइएमई बैंक मार्फत ऋण प्रवाह गर्ने र उक्त ऋणको ५० प्रतिशत व्याज मुसिकोट नगरपालिकाले बैङ्कलाई भुक्तानी गर्ने गरी सम्झौता पत्रमा हस्ताक्षर गरिएको हो ।

स्थानिय कृषि व्यवसायको प्रर्वद्धनमा सहयोग पुर्याउने तथा कृषकहरुलाई सहुलियत दरमा कृषि ऋण उपलब्ध गराउने उद्देश्यले ग्लोबल आइएमई बैंक र  मुसिकोट नगरपालिका बीचमा दुईपक्षीय सम्झौता गरिएको हो ।