९ मंसिर २०८१, आईतवार
मेगा बैंक नेपालले ज्वाबलामुखी शाखा सञ्चालनमा ल्याएको छ । बैंकले धादिङको ज्वालामुखी गाउँपालिकास्थित शाखाको औपचारिक रुपमा उद्घाटन गरेको हो ।
ज्वालामुखी गाउँपालिकाको साँध भन्ज्याङमा कार्यालय रहेको ज्वालामुखी शाखाको सो गाउँपालिकाका अध्यक्ष बिनोदराज तिमिल्सिनाले उद्घाटन गरे । ज्वालामुखी गाउँपालिकामा पहिलोपटक वाणिज्य बैंकको शाखा खुलेकोमा हर्ष व्यक्त गर्दै उनले मेगा बैंकलाई गाउँपालिकाका तर्फबाट सक्दो सहयोग हुने बताए ।