९ मंसिर २०८१, आईतवार
नववर्ष २०१८ को सौगात स्वरूप सिभिल बैंकले आफ्ना ग्राहकहरूलाई उच्च प्रतिफलदिने क्रममा २२२ दिने मुद्दती खातामा १२.२२ प्रतिशत ब्याज प्रदान गर्ने भएको छ । बैंकले यस अघि देखिनै शून्य मौज्दातको नेपाली बचत खातामा सर्वाधिक ८.५० प्रतिशत वार्षिक व्याजदर प्रदान गर्दै आएको जनाएको छ । यस नयाँ योजनाले ग्राहकहरू लाभान्वित हुनुका साथै अन्य बैंकहरूको तुलनामा उच्च प्रतिफल प्रदानगर्ने कुरा प्रमुखकार्यकारी अधिकृत गोविन्द गुरुङले बताए । आगामी दिनमा सिभिल बैंकले आफ्नाग्राहकहरूलाई यस्तै नयाँ नयाँ योजना अघि सार्ने पनि बताएको छ ।