१२ मंसिर २०८१, बुधबार
नेपाल बिस्कुट उत्पादक संघले उधोग वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवलाई सोमबार ज्ञापनपत्र बुझाएको छ ।
संघका अध्यक्ष वसन्त कुमार चौधरीको नेतृत्वमा गएको डेलिगेशन सहितको टोलीले मन्त्री यादवलाई वर्तमान बिस्कुट उधोगको अवस्थाबारे जानकारी गराउँदै ज्ञापन पत्र बुझाएको हो ।
ज्ञापन पत्रमा विदेशी बिष्कुटलाई निषेध गर्न, उत्पादन प्रयोजनको लागि आयात गर्ने कच्चा पदार्थमा लगाइएको प्रतिबन्ध फुकुवा गर्न, चिनी आयातको ५ प्रतिशत भन्सार महसुल सुबिधा उपलब्ध गर्न, नेपालमा तयारी बिष्कुटको आयात रोक्न र सरकारबाट विशेष सहुलियत प्रदान गर्नका लागि संघले माग गरेको छ ।
आयातित बिष्कुटसँग प्रतिष्पर्धा गर्न नसकेका कारण नेपालका बिस्कुट उधोग खुम्चँदै गएको ज्ञापत्र पत्रमा उल्लेख गरिएको छ । नेपालमा केही वर्षअघि ७ अर्ब लगानी रहेका ३५ वटा बिस्कट उधोग सञ्चालित थिए । तर, अहिले खुम्चँदै गएर लगभग १६ वटा उद्योगमात्र मात्र सञ्चानमा रहेको संघको गुनासो छ ।