बुधबार सुन प्रतितोला २ सय रुपयाँले घट्यो

होमल्याण्ड खबर

२०७५ माघ २३ गते, बुधबार १२:०५ मा प्रकाशित

केही दिन यता बढेको सुनचाँदीको मूल्य आज भने घटेको छ । मंगलबारको तुलनामा बजारमा बुधबार सुन प्रतितोला २ सय र चाँदी ५ रुपयाँले घटेको हो ।

बजारमा आज छापावाला सुन प्रतितोला ६२ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजावी सुन प्रतितोला ६२ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

चाँदी प्रतितोला ७ सय ८० रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।