१२ मंसिर २०८१, बुधबार
सरकारले वैकल्पिक व्यवस्था नगरे ६० दिनपछि विद्युतीय सवारीचालक अनुमतिपत्र ‘स्मार्ट लाइसेन्स’को स्टक समाप्त हुने भएको समाचार आजको नयाँ पत्रिकाले एघारौं पृष्ठमा छापेको छ ।
समाचारमा लेखिएको छ, अहिले विभाग र मातहतका कार्यालयमा प्रिन्ट गरेर वितरण गर्न बाँकी स्मार्ट लाइसेन्सको संख्या करिव ३ लाख रहेको छ ।
विभागसँग रहेका ७ वटा प्रिन्टरले दैनिक ६ हजार ५ सय लाइसेन्स प्रिन्ट गर्न सक्छ । सो अनुसार बाँकी लाइसेन्स प्रिन्ट गरेर वितरण गर्दा ४६ दिनमा सकिन्छ ।