९ मंसिर २०८१, आईतवार
चालू आवको छ महिनामा जनता बैंकले ६३ करोड ४६ लाख रुपैयाँ नाफा गरेको छ । बैंकले अघिल्लो वर्षको यही अवधिको तुलनामा करिब दोब्बर बढी हो ।
अघिल्लो वर्षको पुस मसान्तसम्म बैंकको नाफा ३३ करोड ३५ लाख रुपैयाँ रहेको थियो । रेगुलेटरी एडजसमेन्ट गर्दा बैंकको फ्रि प्रोफिट ५३ करोड ४ लाख रुपैयाँ हुन्छ ।
वित्तीय विवरणअनुसार पुस मसान्तसम्ममा बैंकले ६८ अर्ब ४३ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ भने ६३ अर्ब ६५ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।
बैंकको कर्जा निक्षेप अनुपात(सीसीडी रेसियो) ७८.९८ प्रतिशत रहेको छ ।