१२ मंसिर २०८१, बुधबार
बजाज मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरक एचएच बजाजले बाइक राइडिङ इभेन्ट ‘पल्सर राइड मेनिया’ आयोजना गरेको छ । पल्सर राइड मेनियामा बुटवलका पल्सर राइडरहरुले सहभागीता जनाएका थिए ।
उक्त राइड मेनिया बुटवलबाट सुरु भएर रानीमहल पुगेर समापन भएको थियो ।
पल्सर राइड मेनियाले १५ जना राइडरका लागि राइड र खुसीको अनुभव गर्ने अवसर प्रदान गरेको जनाएको छ । एचएच बजाजले पल्सर राइड मेनिया प्रत्येक महिना सञ्चालन गर्ने भएको हो ।
प्रत्येक महिना बजाज मोटरसाइकल बुटवलका लागि आधिकारिक बितरक भैरव अटोमोबाइल्सले राइडरहरुलाई बुटलवलबदेखि नयाँ नयाँ गन्तव्यमा लैजाने छ ।