९ मंसिर २०८१, आईतवार
ग्लोबल आइएमई बैंक र युनिभर्सल कलेज अफ मेडिकल साइन्स एन्ड टिचिङ अस्पताल, भैरहवाबीच अस्पतालले प्रदान गर्ने विभिन्न सेवा तथा सुविधाहरुमा दिइने छुटसम्बन्धी सम्झौता भएको छ ।
सम्झौतापत्रमा युनिभर्सल टिचिङ अस्पतालका वरिष्ठ प्रशासकीय अधिकृत अजय कुमार पीएस र ग्लोबल आइएमई बैंकका भैरहवा शाखाका प्रमुख दिलिप डाँगीले हस्ताक्षर गरे।
बैंकले ५ नम्बर प्रदेशका ग्राहकलाई गुणस्तरीय उपचारमा सहुलियत दिने उद्देश्यले अस्पतालसँग दुईपक्षीय सम्झौता गरेको हो ।
सम्झौतापश्चात् युनिभर्सल टिचिङ अस्पतालमा उपचार गराउँदा ग्लोबल आइएमई बैंकको डेबिट, क्रेडिट, प्रिभिलेज कार्ड लिएका बैकका ग्राहक तथा ग्लोबल आइएमई बैंकका कर्मचारीले अस्पतालले प्रदान गर्ने विभिन्न सेवामा २० प्रतिशतसम्म छुट पाउनेछन् ।