९ मंसिर २०८१, आईतवार
ग्लोबल आइएमई बैंकले राजधानीको शंकरदेव क्याम्पसमा आफ्नो एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ ।
शंकरदेव क्याम्पसमा अध्ययनरत विद्यार्थीले क्याम्पसलाई बुझाउनुपर्ने शुल्क संकलनको निमित्त बैंकले क्याम्पस परिसरमा उक्त एक्सटेन्सन काउन्टरको सुरुवात गरेको हो ।
यससँगै बैंकको एक्सटेन्सन काउन्टर संख्या ८ पुगेको छ ।