९ मंसिर २०८१, आईतवार
गण्डकी विकास बैंकले रुपन्देहीको सैनामैना नगरपालिका वडा नं. ५, बुद्धनगरमा रहेको सैनामैना शाखाको औपचारीक समुद्घाटन गरेको छ ।
सैनामैना नगरपालिकाका मेयर चित्र बहादुर कार्कीले सो शाखाको औपचारीक उद्घाटन गरे । मेयर चित्र बहादुर कार्कीले गण्डकी विकास बैंकले यस क्षेत्रका जनताको माग र चाहना अनुसार शाखा विस्तार गरी जनताको वित्तीय स्तरलाई उकास्ने अवसर प्रदान गरेकोमा खुशी व्यक्त गर्दै गण्डकी विकास बैंक जनमैत्री बनोस भन्ने शुभकामना दिए ।
बैंकले केन्द्रीय कार्यालयका साथै देशका विभिन्न ठाउँहरुमा गरी ७७ वटा शाखा कार्यालय मार्फत बैकिङ सेवा उपलब्ध गराएको छ ।