स्टिलको मागमा कुनै स्थिरता नै छैन

होमल्याण्ड खबर

२०७४ माघ ८ गते, सोमबार ०५:५२ मा प्रकाशित

आनन्द नेपाल  निर्देशक
जगदम्बा स्टिल्स प्रा. लि.

सामान्यतयः नेपालमा डि–फर्म ३०० ग्रेड, टोर अथवा कोल्ड टुष्टिङबार ४१५ ग्रेडका मात्र छन् । तर राइनो ५०० डि नामको डण्डी ५०० ग्रेडको हो । यसमा प्रयोग गरिने संमिश्रणको मात्रा अरु भन्दा फरक र विशेष हुन्छ । जसका कारण डण्डी बढी बलियो, शुद्ध र लचकदार हुने गर्छ ।

 

नेपालमा हरेक निर्माण सामग्रीको बजार बढेको देखिन्छ यस क्रममा छड तथा डण्डीको अवस्था के छ ?

पक्कै पनि भूकम्प पछिको पुर्ननिर्माणको क्रममा निर्माण सामाग्रीको बजार बढेको छ । वार्षिक ११ टनको माग भएको डण्डीको प्रयोग आवसिय भवनहरु भन्दा पनि विकास निर्माणका आयोजनामा बढेको देखिन्छ । यसको अर्थ आवासिय भवनहरुमा चै छैन भन्न खोजेको होइन । भूकम्पका कारण अति प्रभावित १४ जिल्लालगायत अन्य ठाउँमा पनि घर निर्माणको काम अगाडि बढेका छन् ।

विकास निर्माणको कुरा गर्नु भयो यस्ता गतिविधिले बजारलाई उत्साहित बनाएको छ ?
बजारको माग अनुसार वार्षिक ८ प्रतिसतले माग थपिने विश्लेषण छ । विकास निर्माणको गतिमा कुनै किसिमको अवरोध नहँुदा यो ढंगले बृद्धि हुने हो । अन्यथा यसमा भर पर्न सकिदैन । कुनै किसिमको बन्ध हड्तालले पनि निर्माण उद्योगलाई नै प्रभाव पार्ने हो । यसर्थ रिक्स छैन भन्न सकिदैन । बिज्नेस हो रिक्स लिन त सक्नु पर्छ ।

                                         तर डण्डी उत्पादन गर्ने कम्पनीहरुको संख्या त बढ्दै छन् ?
हो । डण्डी उत्पादन गर्ने कम्पनीहरुको संख्या त थपिदै छ । नयाँ ७ – ८ वटा नयाँ कम्पनीले शुरु गर्दै छन् । यस्तै उत्साह अरुण तश्रो आयोजना शुरु हुन्छ कि भन्ने समयमा पनि भएको थियो । तर विभिन्न कारणले शुरु गर्न सकेनन् । अहिले शुरु गर्ने तरखरमा छन् । त्यो राम्रो हो तर बजारमा मागको अवस्था के हुने नहुने कुरामा पनि ध्यान दिनु पर्ने देखिन्छ ।

तपाईको अर्थ, नयाँका लागि बजार हुन सक्दैन भन्ने हो ?
म त्यसो भन्दिन । बजार विस्तार होला तर ठूलो लगानी छिट्टै असुली हुने गरी हुनेमा चैं शंकै छ । किन भन्नु हुन्छ भने, भूकम्पका कारण डण्डीको माग जुन भोलुममा बढेको छ । सधै यस्तै रहदैन । भोलुममा उत्पादन गर्न सकेका छैनन् । इन्धन, म्यानपावर तथा अन्य विभिन्न कारणले भैरहेको उद्योगले पूर्णमात्रामा उत्पादन गरेका छैनन् । यसको अर्को कारण माग पनि हो । नेपालमा स्टिलको मागमा कुनै स्थिरता छैनन् ।

अहिले नेपालको बजारमा भारतीय डण्डी धेरै तिर देख्न पाइन्छ तर, तपाई नेपाली उद्योगीलाई निरास हुने कुरा गर्नु हुन्छ ?
मैले आफ्नो विचार भन्दैमा कोही निरास हुनु पर्दै जाने बुझेको कुरा भनेको हो । भूकम्पका कारण सिर्जित नेपालको निर्माण बजारमा वार्षिक ११ लाख टन स्टिलको माग छ । जगदम्वा लगायत अहिले भैरहेका नेपालका स्टिल उद्योगको उत्पादन क्षमता १६ लाख टन प्रति वर्ष छ । यहाँ बुझ्नु पर्ने कुरा के हो भने, भूकम्पका कारण सिर्जित नेपालको निर्माण बजारमा स्टिलको माग अब आउँदो वर्षमा पनि यहि होला ? विचारणीय कुरा नै यहि हो । अहिले भारतबाट धेरै आयत भएको देखेर बजार ठूलो छ भन्नु चैं भ्रमपूर्ण हुनेछ ।

अब जगदम्बाको प्रसंगमा कुरा गरौं, जगदम्बाले भूकम्प पछि कस्तो डण्डीको उत्पादनलाई जोड दिएको छ ?
जगदम्बा स्टिल्सको बिषयमा भन्नु पर्दा, नेपालमा उत्पादित डण्डीहरु मध्ये सबैभन्दा बलियो र उत्कृष्ट डण्डी हो । २०७३ सालबाट उत्पादन थालिएको यो उद्योगबाट नेपाल गुणस्तर चिन्ह प्राप्त डण्डीको उत्पादन गदै आएको छ । हाम्रो दावी यो छ कि, यस डण्डीले अन्तराष्ट्रिय मापदण्ड पनि पुरा गरेको छ ।

त्यो कसरी ?
मैले यो बलियो र उत्कृष्ट छ भने । यसको अर्थ के हो भने यो नेपालमा उत्पादन भैरहेको अन्य डण्डी भन्दा बढी ग्रेडको छ । सामान्यतयः नेपालमा डि फर्म ३०० ग्रेड, टोर अथवा कोल्ड टुष्टिङबार ४१५ग्रेडका मात्र छन् । तर हाम्रो राइनो ५०० डि नामको डण्डी ५०० ग्रेडको उत्पादन गरेका छौं । यसमा प्रयोग गरिने संमिश्रणको मात्रा अरु भन्दा फरक र विशेष हुन्छ । जसका कारण डण्डी बढी बलियो, शुद्ध र
लचकदार हुने गर्छ ।

डण्डी बलियो र शुद्ध त हुनै पर्छ तर लचकदार चै किन हुनु प-यो नि ?
हेर्नोस् भूकम्प पछि सबै जना निर्माण सामग्रीप्रति सजग र सचेत भएका छन् । सजग र सचेत उपभोक्तालाई थाहा भएको कुरा हो कि, डण्डीको स्तरियता मापन गर्ने नै लचकतामा हो । तपाईले प्रयोग गर्ने डण्डी कति डक्टिलिटीको हो जान्न पाउनु तपाईको अधिकार हो । यसका लागि इन्जिनियरले पनि सहयोग गर्छन् । लचकताले भारवहनमा कमजोर हुने भ्रम पनि छ । तर खास त्यस्तो होइन । यसले भूकम्प जस्ता ठूला झट्काबाट घरको मुख्य संरचनामा असर पर्नबाट जोगाउँछ ।