९ मंसिर २०८१, आईतवार
सिद्घार्थ बैंकले तनहुँको दमौलीमा नयाँ शाखा संचालना ल्याएको छ ।
दमौली शाखाको व्यास नगरपालिकाका मेयर बैकुण्ठनाथ न्यौपाने र उद्योग वाणिज्य महासंघ नेपालका केन्द्रीय सदस्य देव कुमार श्रेष्ठबाट संयुक्त रूपमा उद्घाटन भएको छ ।
बैंकले सो शाखा दमौली वडा नं २ सफा सडकबाट हालै दमौली व्यास नगरपालिका वडा नं ३ मा स्थानान्तरण गरेको हो ।
ग्राहकवर्ग र सरोकारवालाहरुको मन जित्न र थप सुविधा पुर्याउन बैंकले विभिन्न बचत खाता सञ्चालनमा ल्याउनुका साथ साथै विभिन्न सहुलियतपूर्ण कर्जा प्रदान गर्दै आइरहेको छ ।
यसैगरी बैंकिङ्ग प्रणालीलाई थप प्रविधिमैत्री बनाउन सिद्धार्थ बैंकले इन्टरनेटको माध्यमबाट आफ्नो रोजाइको बचत खाता खोल्न सकिने सुविधा ल्याएको छ जसले गर्दा ग्राहकहरुलाई थप सुविधा पुग्ने बैंकले जनाएको छ ।