९ मंसिर २०८१, आईतवार
एनआईसी एशिया बैंक र नेपाल क्यान्सर हस्पिटल, हरिसिद्धिबीच सम्झौता भएको छ ।
बैंकका कर्मचारी, कर्मचारीका परिवार, बैंकको डेबिट तथा क्रेडिट कार्डवाहक तथा बैंकका सम्पूर्ण ग्राहकवर्गलाई नेपाल क्यान्सर हस्पिटलमा उपचार गराउँदा हस्पिटलको विभिन्न सेवा–सुविधामा १० प्रतिशत सम्मको छुट प्रदान गर्ने सम्झौता भएको हो ।
बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपाने र हस्पिटलको तर्फबाट नेपाल क्यान्सर हस्पिटलका कार्यकारी अध्यक्ष डाक्टर सुदिप श्रेष्ठले सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए ।