९ मंसिर २०८१, आईतवार
कैलाश विकास बैंक लिमिटेडले सोमबारबाट मोरङ जिल्लाको विराटनगरमा आफ्नो ४४ औँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले निकट भविष्यमा झापा जिल्लाको दमक तथा पर्सा जिल्लाको विरगंजमा शाखा बिस्तार गर्ने तयारी गरिरहेको बैंकले जनाएको छ ।
बैंकको चुक्ता पूँजी रु.२ अर्व ५२ करोड छ । पुस मसान्तमा बैंकले रु.१९ अर्व ११ करोड निक्षेप संकलन र रु.१७ अर्ब ५२ करोड कर्जा प्रवाह गरेको छ । बैंकले २६ करोड ६० लाख खुद नाफा आर्जन गर्न सफल भएको थियो । बैंकले अत्याधुनिक प्रविधिको उपयोग गर्दै समस्त आधारभूत बैंकिङ सेवाको अलावा मोबाइल बैंकिङ, एसएमएस बैंकिङ ईन्टरनेट बैंकिङ सेवा, सेयर लगानीकर्ताहरुको लागि सी–आस्वा सेवा, सुविधा भुक्तानी, रेमिटान्स सेवा लगायतका सेवाहरु प्रदान गर्दै आएको छ ।