नेपाल दाना उद्योग संघमा नयाँ नेतृत्व

होमल्याण्ड खबर

२०७४ चैत्र ४ गते, आईतवार ०७:४८ मा प्रकाशित

चैत्र २ गते सम्पन्न नेपाल दाना उद्योग संघको १७ औँ साधारण सभाले नयाँ नेतृत्व चयन गरेको छ ।
साधारण सभाले अध्यक्षमा रविन पुरीलाई निर्वाचित गरेको छ भने प्रथम उपाध्यक्ष शंकर प्रसाद कडेल, द्वितिय उपाध्यक्षमा प्रदिप कुमार रुङ्टा, तृतिय उपाध्यक्ष ज्ञानेन्द्र पराजुली र्निविरोध निर्वाचित भएका छन् ।
त्यसैगरी महासचिवमा केशवराज थापा, कोषाध्यक्षमा उमेश चन्द्र सापकोटा र सचिवमा दुर्गाप्रसाद भण्डारी निर्वाचित भएका छन ।
सदस्यहरुमा चन्दश्कान्त बराल, राजकुमार पराजुली, ज्ञानेन्द्र प्रसाद उपे्रती, डा। दिनेश गौतम, मदन केशी, गोपाल टण्डन, देवीप्रसाद गौतम, सुरेन्द्रराज प्रधान, विनोद पोखरेल र कविन्द्र प्रसाईं निर्वाचित भएका हुन् ।
साधारणसभाको उद्योग वाणिज्य तथा आर्पूित मन्त्री मातृका यादवले उद्घघाटन गरेका थिए ।
२०४७ सालमा स्थापना भएको नेपाल दाना उद्योग संघ हाल देशभर पशुपंक्षीको दाना उत्पादन सम्बन्धि १०४ वटा कम्पनीहरु आवद् रहेका छन् ।