यस्तो भाइरस, जसले फिरौतिमा पैसा होइन निर्वस्त्र तस्वीर माग्छ

होमल्याण्ड खबर

२०७४ आश्विन १२ गते, बिहीबार ०९:४७ मा प्रकाशित

साइबर सुरक्षा क्षेत्रसँग सम्बन्धित कम्पनी मालवेयर हन्टरले एन रेनसमवेयर नामक भाइरस पत्ता लगाएको छ ।

यो फिरौति माग्ने भाइरस जस्तै हो । यद्यपि फिरौति माग्ने भाइरसले कम्प्युटर प्रयोगकर्तासँग रकम मागेजस्तै यो भाइरसले नांगा तस्वीर माग गर्दछ ।

कसरी हमला गर्छ यसले ?

शोधकर्ताहरुका अनुसार भाइरसले आक्रमण गरेसँगै कम्प्युटर लक्ड हुन्छ । जब प्रयोगकर्ताले आफ्नो कम्प्युटर खोल्दछ तब ह्याकरको एक सन्देश देखा पर्दछ ।

सन्देशमा भनिएको हुन्छः तपाइँको कम्प्युटर लक गरिएको छ, जसलाई तपाइँले एक खास कोडबाट खोल्न सक्नुहुनेछ ।

स्क्रिनमा दिइएको सन्देशमा एउटा इमेल ठेगाना पनि रहेको हुन्छ ।

स्क्रिमा अगाडि लेखिएको हुन्छः हामीले तुरुन्तै प्रतिक्रिया दिँदैनौँ । तर जब हामी प्रतिक्रिया दिन्छौँ तब तपाइँले आफ्ना १० वटा निर्वस्त्र तस्वीर पठाउनुपर्नेछ । त्यसपछि तपाइँले ती तस्वीर तपाइँकै हुन् भनेर प्रमाणित गर्नुपर्ने हुन्छ । अनिमात्र हामीले तपाइँलाई अनलक कोड दिनेछौँ ।

तर एनरेन्समवेयर यत्तिमा मात्र सिमित छैन । प्रयोगकर्ताले पठाएका तस्वीरहरु ह्याकरहरुले डिप वेबमा बेचिदिनेछन् ।

भाइरसको जाँच गर्ने विभिन्न टूलहरु, जस्तै भाइरस टोटल र हाइबि्रड एनालिसिसले एनरेन्सनवेयर भाइरसको फाइल एनरेन्सम डट इएक्सइलाई निकै खतरनाक श्रेणीमा राखेका छन् ।

साइबर सुरक्षा विज्ञका अनुसार यो भाइरसले प्रयोगकर्ताको कम्प्युटरको फाइललाई लक गर्ने होइन की कम्प्युटरमै इन्ट्री ब्लक गरिदिन्छ ।

अहिले विन्डोज प्रयोगकर्तालाई यो भाइरसले आक्रमण गरिरहेको छ ।

निर्वस्त्र तस्वीर बेचेर मोटो रकम कमाउने धन्दामा ह्याकरहरुले यो भाइरस फैलाएको विज्ञहरुको भनाई छ । आफ्नो कम्प्युटरमा साइबर हमला भैसकेपश्चात् कम्प्युटर अनलक्ड गर्नका लागि ह्याकरहरुले मागे अनुसारको फिरौति अर्थात् निर्वस्त्र तस्वीरहरु नपठाउन साइबर सुरक्षा विज्ञहरु सुझाव दिन्छन् ।

एन्टीभाइरस उत्पादन गर्ने कम्पनी केस्पार्कीका अनुसार फिरौति दिएपश्चात समेत प्रयोगकर्ताको कम्प्युटर अनलक्ड हुन्छ भन्ने कुनै ग्यारेन्टी हुँदैन ।

साइबर हमलाबाट कसरी बँच्ने ?

  • तपाइँको कम्प्युटरमा साइबर हमला भएपश्चात आफ्नो सिस्टमलाई {Ctrl+Alt+Shift+“4 कमान्ड लगाता पुयांगगी अनलक गर्नुपर्दछ ।
  • आफ्नो आइ पी एड्रेसलाई हाइड गरिरहनुपर्दछ । साथै कुनै नयाँ र संकास्पद लिंक वा बटनमा क्लिक गर्नु हुँदैन ।
  • यदि तपाइँको कम्प्युटर भाइरसबाट प्रभावित छ भने त्यसलाई नेटवर्कबाट हटाएर बन्द गर्नुहोस् । बीबीसी