वेल्थ म्यानेजमेनट एण्ड मर्चेन्ट बैंकिङ सञ्चालनमा

होमल्याण्ड खबर

२०७४ चैत्र १२ गते, सोमबार १०:४५ मा प्रकाशित

२६ औं मर्चेन्ट बैंकको रुपमा वेल्थ म्यानेजमेन्ट एण्ड मर्चेन्ट बैंकिङले मर्चेन्ट बैंक व्यवसाय सञ्चालन गर्न अनुमति पाएको छ ।
नेपाल धितोपत्र बोर्डले कम्पनीलाई लगानी व्यवस्थापन कार्य गर्न अनुमति दिएको हो । काठमाडौं मैतिदेवी कम्प्लेक्समा कार्यालय रहेको कम्पनी ५ करोड चुक्ता पुँजी सहित सञ्चालनमा आउने भएको छ । विगतमा लामो अवधिदेखि सेयर बजारको अनुभव भएका व्यक्तिहरुले कम्पनी सञ्चालनमा ल्याएका हुन् । पुर्व सेयर ब्रोकर सचिन सिलवाल, अमित सुवेदी र पुराना सेयर लगानीकर्ता पुरुषेत्तम चिमौरिया लगायत यसमा आबद्ध छन् ।