९ मंसिर २०८१, आईतवार
सिटिजन्स बैंकको अध्यक्षमा राजन सिंह भण्डारी नियुक्त भएका छन् । बैंक संचालक समितीको ३१४ औं बैठकबाट भण्डारी सर्वसम्मत अध्यक्षमा मनोनित भएका हुन् ।
नवनियुक्त अध्यक्ष भण्डारीलाई नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले पद तथा गोपनियताको सपथ ग्रहण गराए । बैंकको स्थापना कालदेखि पुस २०७५ सम्म प्रमुख कार्यकारी अधिकृतको रूपमा सफल कार्यकाल पूरा गरेका भण्डारीले आगामी ४ वर्षको कार्यकालका लागि पदभार ग्रहण गरेका हुन् ।