चेम्बर अफ कमर्स र भाइब्रेन्ट फाउन्डेसनबीच समझदारी

होमल्याण्ड खबर

२०७६ कार्तिक १ गते, शुक्रबार १२:०० मा प्रकाशित

नेपाल चेम्बर अफ कमर्स र भारतको भाइब्रेन्ट गोवा फाउन्डेसनबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ । द्विपक्षीय व्यापार, लगानी, पर्यटन प्रबद्र्धन एंव आर्थिक सम्बन्ध विस्तार गर्ने उद्देश्यले समझदारीपत्रमा हस्ताक्षर भएको हो । फाउन्डेसनका तर्फबाट सभापति राजकुमार कामत र कमर्सका तर्फबाट अध्यक्ष राजेशकाजी श्रेष्ठले बिहीबार गोवामा समझदारीपत्रमा हस्ताक्षर गरेका छन् ।

भाइब्रेन्ट गोवा २०१९ को उद्घाटन सत्र कार्यक्रममा प्रमुख अतिथी गोवाका मुख्य मन्त्री डा. प्रमोद सावन्तको उपस्थितिमा सम्झौतामा हस्ताक्षर भएको छ । समझदारी पत्रले आगामी दिनमा द्विपक्षीय आर्थिक एंव व्यापारिक सम्बन्ध वृद्धि हुने अपेक्षा दुवै पक्षले गरेका छन् । साथै व्यापार लगानी अभिवृद्धि गर्न गोवामा नेपाल डेस्क र नेपालमा गोवा डेस्क राख्नेसमेत समझदारी पत्रमा उल्लेख गरिएस्को छ । भाइब्रेन्ट गोवा फाउन्डेसनले भाइब्रेन्ट गोवाः ग्लोबल एक्स्पो एन्ड समिट २०१९ को आयोजना गरेको र यसमा भारतीय सरकार र गोवा सरकारको समेत सहभागिता छ । हालै हस्ताक्षर गरिएको समझदारी पत्रले दुई मुलुकबीच हुने अन्तरक्रिया, रोड शो, एक्स्पोमा सहभागितालगायत पर्यटन प्रबद्र्धनमा जोड दिइएको छ । सो अवसरमा बोल्दै चेम्बरका अध्यक्ष राजेशकाजी श्रेष्ठले नेपाल चेम्बरले २०२० को फेबु्रअरीमा आयोजना गर्ने नेपाल चेम्बर एक्स्पोमा सहभागिताका लागि अनुरोध गर्नुका साथै पहाडी मुलुक नेपाल र समुद्री सतहसँग जोडिएको गोवा ‘फ्रम ग्रीन टू ब्लू’बीच पर्यटन प्रबद्र्धन र कनेक्टिभिटीमा जोड दिएकाले नेपाल भ्रमण वर्ष २०२० मा गोवाबाट पर्याप्त पर्यटन भित्र्याउन सकिने संभावनामा जोड दिए ।

सो अवसरमा बोल्दै भाइब्रेन्ट गोवा फाउन्डेसनका सभापति राजकुमार कामतले यो समझदारीपत्रको कार्यान्वयनले अहिले चेम्बरको सहभागिता उल्लेख्य रहेकाले आगामी वर्षहरूमा यसमा अझ बढोत्तरी हुने र आगामी वर्ष नेपालमा हुने एक्स्पो र पर्यटन वर्षमा आफ्नो संस्थाको तर्फबाट सहभागिता र प्रबद्र्धनका लागि महत्वपूर्ण कार्य गरिने विश्वास व्यक्त गरे । सो समझदारीपत्रमा दुई देशका चेम्बरबीच व्यापरीक सूचना, आदान–प्रदान, मेला प्रदर्शनीमा दुवै मुलुकमा सहभागिता, पर्यटन प्रबद्र्धन, व्यापारिक÷औद्योगिक प्रतिनिधि मण्डलको आदान प्रदान गरिने कुरासमेत उल्लेख गरिएको छ ।