१५ मंसिर २०८१, शनिबार
फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) द्वारा आयोजित गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनीमा तीन दिनमै लक्ष्यभन्दा बढीको कारोबार भएको छ ।
शुक्रबारदेखि ललितपुरको जावलाखेलस्थित खेल मैदानमा सुरु भएको १३ औँ पुष्प मेलामा तीन दिनमै साढे ५६ लाख रुपैयाँको कारोबार भएको छ । चारदिनसम्म चल्ने मेलामा एसोसिएसनले ५० लाखको कारोबार गर्ने लक्ष्य लिएको थियो तर आइतबार तेस्रो दिनमा नै साढे ५६ लाख रुपैयाँको कारोबार भएको फ्यानका महासचिव विष्णु पौडेलले जानकारी दिए ।
मेलाको पहिलो दिन छ हजार पाँच सयजनाले अवलोकन गरेका थिए भने १२ लाख रुपैयाँको कारोबार भएको थियोे । त्यसैगरी, शनिबार १५ हजार जनाले अवलोकन गरेका थिए, जसमा २५ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो भने आइतवार १० हजारले मेला अवलोकन गरेका छन् । साढे १९ लाख रुपैयाँको बराबरको कारोबार भएको महासचिव पोखरेलले जानकारी दिएका हुन ।
सोमवार अन्तिम दिन कारोबार झनै बढ्ने अनुमान गरिएको उनले बताए ।