धर्नामा बसे पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई

होमल्याण्ड खबर

२०७६ मंसिर ५ गते, बिहीबार १२:५७ मा प्रकाशित

बूढीगण्डकी जलविद्युत आयोजनाको प्रभावित क्षेत्रमा मुआब्जा तोक्न माग गर्दै समाजवादी पार्टी नेपालका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई धर्नामा बसेका छन् ।

आज जिल्ला प्रशासन कार्यालय गोरखामा बूढीगण्डकी प्रभावित गोरखातर्फ आरुघाट, आर्खेत र धादिङतर्फ खहरेका बासिन्दा, जनप्रतिनिधिलगायत धर्नामा बसेका हुन् ।

धर्नामा राष्ट्रिय सभाका प्रमुख प्रतिपक्षी दलका नेतासमेत रहेका नेपाली कांग्रेसका सांसद सुरेन्द्रराज पाण्डे, गण्डकी प्रदेशका सांसदहरु प्रकाशचन्द्र दवाडी र धनमाया लामा, सरोकार समितिका अध्यक्षहरु, गोरखाको आरुघाट र धादिङको त्रिपुरासुन्दरी गाउँपालिकाका अध्यक्ष, डुबानमा पर्ने क्षेत्रका वडाध्यक्षलगायतको सहभागिता रहेको छ ।

डा. भट्टराईले ट्विट गर्दै लेखेका छन्,