प्याज किलोको २ सय ३० रुपैयाँ पुग्यो

होमल्याण्ड खबर

२०७६ मंसिर १० गते, मंगलवार १३:२९ मा प्रकाशित

प्याजको मूल्य पछिल्लो समय लगातार बढिरहेको छ ।

लगातार बढिरहेको प्याजको मूल्य मंगलबार एकै दिनमा किलोको ३० रुपैयाँ बढेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ ।

कालिमाटीमा सोमबार खुद्रा २ सय रुपैयाँ प्रतिकिलोमा बिक्री भएको प्याज ३० रुपैयाँ बढेर मंगलबार २ सय ३० रुपैयाँमा बिक्री भइरहेको छ ।

यो सिजनमा प्याजको उत्पादन घटेपछि भारतले नेपालमा निकासीमा रोक लगाएसँगै बजारमा प्याजको मूल्य बढेको हो ।

नेपाली प्याजको बजार भारतीय उत्पादनमा भरपर्ने हुनाले त्यसको प्रत्यक्ष असर नेपाली बजारमा पनि देखिएको छ ।