९ मंसिर २०८१, आईतवार
एनआईसी एशिया बैंकले आइतबारबाट दुई नयाँ शाखा एकैसाथ सञ्चालनमा ल्याएको छ ।
बैंकले ललितपुरको मंगलबजार र काठमाडौंको दरबारमार्गमा नयाँ शाखा एकैसाथ सञ्चालनमा ल्याएको हो ।
मंगलबजार शाखाको ललितपुर महानगरपालिका वडा नं १२ का वडाध्यक्ष नारायण लाल अवाले र दरबारमार्ग शाखाको बैंकका उप–प्रादेशिक कार्यालय काठमाडौंका प्रमुख तेज राज तिमिल्सिनाले उद्घाटन गरेका थिए ।
यी दुई नयाँ शाखा सञ्चालनमा आएसँगै ललितपुर र काठमाडौं क्षेत्रका ग्राहकहरुलाई यस बैंकको सेवा प्राप्त गर्न थप सहज हुने विश्वास बैंकले लिएको छ ।
यस बैंकको मुलुकभर ३११ शाखा कार्यालयहरु, ४०३ एटिएम, ९५ वटा एक्स्टेन्सन काउण्टर एवं ४४ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ ।