९ मंसिर २०८१, आईतवार
मुक्तिनाथ विकास बैंकको अध्यक्षमा भरतराज ढकाल सर्वसम्मत चयन भएका छन् ।
सोमबार बसेको बैंकको साधारण सभाले ढकाललाई संचालक समितिको अध्यक्षमा सर्वसम्मतिले चयन गरेको हो ।
पोखरामा सोमबार वैंकको वार्षिक साधारणसभा भएको थियो । साधारणसभाले ढकाल लगायत ५ जनालाई नयाँ संचालकको रुपमा सर्वसम्मत चयन गरेको हो ।
साधारणसभा सकिएलगत्तै बसेको संचालक समितिको बैठकमा ढकाल सर्वसम्मत बैंकको अध्यक्ष चुनिएका हुन् ।
देशका विकट क्षेत्र र कुनाकन्दरामा बैंकिङ सेवा पुर्याउनुपर्ने निरन्तर वकालत गर्दै आएका ढकाल बैंकको सीइओ हुँदा विकास बैंकहरुको छाता संगठन डेभलपमेन्ट बैंकर्स संघका अध्यक्ष समेत भएका थिए ।
ढकाल सीइओ हुँदा बैंकका डेपुटी सीइओको रुपमा भित्रिएका प्रद्युमन पोखरेल अहिले सीइओको रुपमा रहेका छन् ।