हिमालय एअरलाइन्सद्वारा बालबालिकालाई चक्लेट वितरण

होमल्याण्ड खबर

२०७५ बैशाख ६ गते, बिहीबार ११:२७ मा प्रकाशित

कम्पनीको तेस्रो वार्षिकोत्सवको उपलक्ष्यमा हिमालय एअरलाइन्सले आफ्नो व्यवसायिक सामाजिक उत्तरदायित्वअन्तर्गत आश्रित बालबालिकाहरूलाई एक वर्षका लागि कापी तथा भान्छामा प्रयोग हुने सामाग्री प्रदान गर्ने भएको छ । यसका लागि ‘प्रयास नेपाल’ नामक गैससमार्फत सहयोग गरेको हिमालय एअरलाइन्सका ब्राण्ड तथा सर्भिस इम्प्रुभ्मेन्ट विभागकी प्रमुख उज्ज्वलादलीले जनाएकी छिन् ।
एक औपचारिक कार्यक्रममा एअर लाइन्सका प्रतिनिधिहरूले बालबालिकालाई कापीसहित अन्य सामाग्री तथा चक्लेटहरू प्रदान गरेको थियो ।
उहाँले प्रयास नेपालको गरिब तथा विपन्न बालबालिकालाई उचित शिक्षा तथा पालन पोषण दिने कार्यलाई एअरलाइन्सले भविष्यमा पनि सघाउने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।
हिमालय एअरलाइन्स सामाजिक कार्यहरूमा भोलिका दिनमा पनि संलग्न रहने छ । आफूले कामगर्ने क्षेत्रको सामाजिक तथा आर्थिक विकासका लागि कटिबद्ध रहेको छ ।
नेपाल–चीन संयुक्त लगानीमा अगष्ट २०१४ मा स्थापित यस एयरलाइन्सले आफ्ना तीनवटा ए ३२० सिरिजका, मध्यम आकारका बिजनेस क्लासमा ८ र इकोनोमी क्लासमा १ सय ५८ सिट भएका जहाजहरुमार्फत हाल दोहा, क्वालालम्पुर, दुबई र दमाम गरी चारवटा गन्तव्यमा उडानहरु सञ्चालन गरेको छ ।
हिमालय एअरलाइन्सले माल्दिभ्सको इक्वेटर भिलेज, अद्दु सिटीमा अक्टोबर २८, २०१७ मा आयोजित दक्षिण एसियाली ट्राभल अवार्ड (साटा), २०१७ मा “दक्षिण एसियाको प्रमुख नयाँ अन्तराष्ट्रिय वायुसेवा” जस्तो पहिलो अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गरिएको जानकारी दिएकिछिन् ।