चिनियाँ लगानीको होङसी सिमेन्ट गुणस्तरहीन भेटियो

होमल्याण्ड खबर

२०७६ पुष १४ गते, सोमबार १५:३९ मा प्रकाशित

चिनियाँ संयुक्त लगानीको होङसी सिमेन्टसहित अन्य दुई स्थानीय सिमेन्ट गुणस्तरहीन भएको नेपाल गुणस्तर तथा नापतौल विभागले जनाएको छ । गुणस्तरहीन उत्पादन गरेको उद्योगलाई विभागले १५ दिनको स्पष्टीकरण समेत सोधेको छ ।

विभागले सिमेन्टको नमूना संकलन गरेर प्रयोगशालामा परीक्षण गर्दा गुणस्तर अनुरुप नपाएपछि कार्वाहीको तयारी स्वरुप १५ दिने स्पष्टीकरण सोधिएको हो ।

होङसीमा इनिसियल सेटिङ आधा घण्टामा हुनुपर्नेमा नरहेको परीक्षणमा पाइएको छ । विभागले यो उद्योगलाई नेपाल गुणस्तर प्रमाण चिह्न नियमावली २०४० अनुसार कार्वाही गरिने जनाएको छ ।

आफूलाई प्रबिधिसम्पन्न दाबी गर्ने होङसी सिमेन्ट यसअघि गुणस्तर बिभागबाट परीक्षण हुँदा समेत कमसल सिमेन्ट उत्पादन गरेको भन्दै पटक पटक कारबाहीमा पर्दै आएको छ ।