स्कील वीक २०२० समापन समारोहमा ४ बिधामा ‘नविल स्कील हिरो’को घोषणा

होमल्याण्ड खबर

२०७६ माघ १३ गते, सोमबार १४:२३ मा प्रकाशित

स्कील वीक २०२० को समापन समारोह एक भब्य कार्यक्रमका बीच सोल्टी क्राउन प्लाजामामा आईतवार सम्पन्न गरिएको छ । ग्लोकल प्रालिद्वारा सञ्चालित कार्यक्रममा बिभिन्न क्षेत्रका ब्यक्तित्वको उल्लेखनीय उपस्थिती रहेको थियो । कार्यक्रममा उद्यमी, ब्यबसायी, सरकारी निकाय तथा अन्तरराष्ट्रिय संघ संस्था, सञ्चारकर्मी एवम विद्यार्थीहरुको उपस्थिती थियो । कलकारखाना, शैक्षिक संस्था एवम सरकारी निकायसँगको साझेदारीको लक्ष्य लिई तिनै क्षेत्रबाट सिपमुलक रोजगारीका अवसर, बढ्दो सिपप्रतिको महत्व, ब्यापार, सेवा, आधुनिक प्रबिधि देखी लिएर कला तथा संस्कृति झल्किने किसिमले सिपको महत्व उजागर गर्ने लक्ष्य लिई कार्यक्रम सञ्चालन गरिएको थियो । स्कील फेस्ट नामक कार्यक्रम जनवरी २५ का दिन किङ्स कलेजमा सञ्चालित गरिएको थियो, जहाँ दर्जनौँ युवाहरुको संलग्नता रहेको थियो । सिपमुलक तालिमदेखी रोजगारीको अवसरमा देखिने ग्यापलाई कम गर्ने लक्ष्य लिएर सञ्चालन भएको यस कार्यक्रम युवाहरुका लागि एक खुल्ला मञ्च साबित भयो ।

यस कार्यक्रममा ४ फरक सीप क्षेत्रहरू प्रदर्शन गरिएको थियो, जसमा कला र संस्कृति, उद्दमशीलता, पर्यटन तथा आतिथ्य, बिज्ञान तथा प्रबिधि रहेका थिए । यसैबीच यिनै चार बिधामा चार अत्यन्त प्रेरणादायक ब्यक्तित्वहरुलाई ग्लोकल प्रालि र नविल स्कील हिरोबाट सम्मानित गरेको थियो । पहिलो बिधा पर्यटनतर्फ द्वारिका होटलकी सभापति अम्बिका श्रेष्ठलाई नविल स्कील हिरोबाट सम्मानित गरिएको थियो । त्यस्तै कला तथा संस्कृति बिधामा नेपालकी नायिका एवम कलाकार मिथिला शर्मालाई नविल स्कील हिरो भनेर सम्मनित गरियो । उद्यमशीलतातर्फ क्यूएफएक्स क्वेस्ट टिमका संचालक एवम् नवउद्यमी युवाहरुको प्रेरणाको स्रोत णकिम उद्दिन तथा बिज्ञान तथा प्रबिधितर्फ एफ१ सफ्ट इन्टरनेशनलका अध्यक्ष विश्वाश ढकालपनि नविल स्कील हिरोबाट सम्मनित भएका थिए । नविल स्कील हिराको निर्णयक टोलीमा नेपालका लागि युनिसेफका प्रतिनिधि मिल इल्के, पूर्व उड्योग मन्त्री नबिद्रराज जोशी तथा महतो ग्रुपका संस्थापक उपेन्द्र महतो रहेका थिए । यसैबीच देशको सबैभन्दा प्रभावशाली सीईओहरुद्वारा मानसिकता विकासलाई प्रेरित गर्न ग्लोकल प्रालिद्वारा आयोजना गरिएको ‘सीईओ अन्प्लग् २०२०’ को पाँचौ संस्करण होटल सोल्टीमासोही दिन सफलतापूर्वक सम्पन्न भएको छ । ‘टुडे मिट्स टुमोरो’को विषयमा रही आयोजना गरिएको कार्यक्रममा देशक प्रतिष्ठित उद्यमीहरू उपस्थित भएका थिए ।