सनराइज बैंकले पहिलो पटक पायो ‘मोबाइल बैंकिङ लिडर अवार्ड’

होमल्याण्ड खबर

२०७६ फाल्गुन १८ गते, आईतवार १६:२६ मा प्रकाशित

सनराइज बैंकले डिजिटल भुक्तानी क्षेत्रमा मोबाइल बैंकिङ लिडर अवार्ड प्राप्त गरेको छ । बैंकले मोबाइल बैंकिङ्ग सेवा मार्फत नबिनतम् सेवा सुबिधा तथा सहज डिजिटल भुक्तानी प्रदान गरी छोटो समयमा धेरै ग्राहकहरु बृद्घि गर्न सफल भएको र मोबाइल डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्न डिजिटल साक्षरता अभिबृद्घि कार्यक्रमहरु संचालन गर्दै आए बापत सम्मान स्वरुप अवार्ड प्राप्त गरेको हो ।

मोबाइल बैंकिङ्ग सेवा प्रदायक संस्था एफवान सफ्ट इन्टरनेशनलका प्रमुख कार्यकारी अधिकृत सुवास शर्माले शुक्रबार एक कार्यक्रमका बीच सो अवार्ड बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्याललाई हस्तान्तरण गरेका हुन् । डिजिटल भुक्तानी क्षेत्रमा हालसालै स्थापित यो अवार्ड पाउने प्रथम बैंक हुन पाउँदा बैंकले खुशी प्रकट गरेको छ ।