एनआईसी एशिया बैंकको होली अफरः मोबाइल बैंकिङ्गमा शत प्रतिशत नगद फिर्ता

होमल्याण्ड खबर

२०७६ फाल्गुन २३ गते, शुक्रबार ११:३४ मा प्रकाशित

एनआईसी एशिया बैंक लिमिटेडले होली पर्वलाई लक्षित गरी बैंकका मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरूका लागि विशेष योजना अघि सारेको छ ।

यस योजना अन्तर्गत मोबाइल बैंकिङ्ग प्रयोग गरी फागुन २६ र २७ गते कारोबार गर्दा २ सय जना भाग्यशाली ग्राहकले १०० प्रतिशत वा अधिकतम ५ हजार रुपैयाँसम्म नगद फिर्ता प्राप्त गर्न सक्नेछन् ।

बैंकले ल्याएको निःशुल्क डेबिट कार्ड र मोबाइल बैंकिङ्ग सेवा सुचारु गरी दैनिक मोबाइल रिचार्ज, विद्युतीय महसुल भुक्तानी, हवाई टिकट, होटल तथा रेष्टुरेन्टहरुमा छुट, विभिन्न अवसर तथा चाडपर्वका बेला बैंकले ल्याएका छुट अफरहरू आदिको उपयोग गरी ग्राहकहरुले पर्याप्त फाइदा उठाउँदै आएका छन् ।

जसअनुसार बैंकको मोबाइल बैंकिङ्ग प्रयोग गर्दा मासिक १५ हजार ४ सय रुपैयाँसम्म तथा डेबिट कार्ड प्रयोग गरी मासिक ६ हजार रुपैयाँसम्मको लाभ ग्राहक महानुभावहरूले लिइरहेका छन् ।

डिजिटल फर्स्टको रणनीति अवलम्बन गरी डिजिटल बैंकिङ्ग क्षेत्रमा अग्रणी बैंकका रुपमा स्थापित हुन सफल भैसकेको यस बैंक विभिन्न छुट तथा नगद फिर्ता अफरहरूका साथ आक्रमक रुपमा अघि बढिरहेको छ ।

मोबाइल बैंकिङ्ग र डेबिट/क्रेडिट कार्ड प्रयोगमा अफरै अफर

प्रत्येक शुक्रबार बेलुकी ८ बजेदेखि शनिबार बिहान ८ बजेसम्म सञ्चालित ह्याप्पी आवरमा मोबाइल बैंकिङ्ग सेवा प्रयोग गरी ५ प्रतिशत वा एक सय रुपैयाँसम्म क्यास ब्याक, पहिलोपटक बिजुलीको बिल भुक्तानी गर्दा ५ प्रतिशत वा १ हजार रुपैयाँ सम्म छुट, प्रत्येक बुधबार केएफसी तथा पिज्जा हटमा १० प्रतिशत क्यास ब्याक, प्रत्येक बुधबार दराज डट कमबाट सामान खरिद गर्दा १० प्रतिशत वा ५ सय रुपैयाँसम्म छुट, सोनी ब्राभिया टेलिभिजन खरिद गर्दा १० प्रतिशत वा २ जार रुपैयाँसम्म छुट लगायत विभिन्न अफरहरु बैंकले सञ्चालन गरिरहेको छ ।

बैंकको मोबाइल बैंकिङ्ग सेवा प्रयोग गरी रिचार्ज गर्दा ३ प्रतिशत छुट पनि उपलब्ध छ । यसका अतिरिक्त बैंकका ग्राहकहरुले मोबाइल बैंकिङ्ग र डेबिट कार्ड प्रयोग गरी २ हजार भन्दा बढी अस्पताल, होटल तथा रेष्टुरेन्ट, डिपार्टमेन्ट स्टोर, लगायतमा अधिकतम २५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् ।

साथै, यस बैंकले सञ्चालन गरेको ‘जति धेरै कारोबार, त्यति धेरै उपहार’ योजना अन्तर्गत मोबाइल बैंकिङ्ग प्रयोग गरी अधिकतम कारोबार संख्या गर्ने ३ जना ग्राहकले प्रत्येक हप्ता जनही ५ सय रुपैयाँ तथा मासिक रुपमा अधिकतम कारोबार संख्या गर्ने ३ जना ग्राहकले जनही १ हजार रुपैयाँसम्मको नगद उपहार प्राप्त गर्दै आएका छन् ।

यस बैंकले सञ्चालन गरेका ‘स्वायप मोर, सेभ मोर’ ‘भाट भटेनी क्यास ब्याक अफर,’ ‘भ्यालेन्टाइन डे’ अफर,’ ‘वल्ड लिंक क्यास ब्याक अफर,’ ‘फुडमाण्डु क्यास ब्याक अफर’ लगायतका विभिन्न अफरहरुमा ग्राहकहरुको उत्साहजनक सहभागीता रहेको थियो ।