९ मंसिर २०८१, आईतवार
एभरेष्ट बैंकले टीच फर नेपाललाई ७ लाख रुपियाँ बराबरको चेक हस्तान्तरण गरेको छ । विपन्न वर्गलाई शिक्षा प्रदान गर्न विभिन्न कल्याणकारी गतिविधिहरू साथै नेपालका विभिन्न सरकारी र सार्वजनिक विद्यालयहरूमा शिक्षा, सरसफाई र खानेपानीलाई सहयोग गरिरहेको उक्त संस्थालाई बैंकले सहयोग हस्तान्तरण गरेको हो । हालसम्म बैंकका ९५ शाखाहरु, ३१ राज्वस्व सङ्कलन काउन्टरहरु र १०३ एटिएम सेवाहरु संचालनमा रहेको जनाइएको छ ।