९ मंसिर २०८१, आईतवार
लकडाउनको समयमा पनि उपत्यकाका विभिन्न बैंकहरुले आफ्नो एउटा शाखा खुला राखेका छन् ।
बैंकहरुलाई निश्चित शाखा तोकेर सेवा नियमित गर्न नेपाल राष्ट्र बैंकले निर्देशन दिएसँगै कर्मचारीको हितलाई ध्यानमा राखेर एउटा शाखा खोलेर सेवा दिन बैंकहरु तयार भएका हुन् ।
अत्यावश्यक सामाग्री खरिद गर्न सर्वसाधारणलाई अप्ठेरो नपरोस् भन्ने हिसाबले बैंकहरुले सेवा दिने राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टले बताए ।