१० मंसिर २०८१, सोमबार
काठमाडौं । म्यान्चेस्टर सिटीलाई पराजित गर्दै आर्सनल एफए कपको फाइनलमा प्रवेश गरेको छ । शनिबार राति वेम्वली स्टेडियममा भएको खेलमा सर्वाधिक १३ पटकको च्याम्पियन आर्सनलले म्यान्चेस्टर सिटीलाई २–० ले पराजित गर्दै फाइनलमा स्थान पक्का बनाएको हो ।
आर्सनलले उपाधिका लागि अगष्ट १ मा चेल्सी र म्यानचेस्टर युनाइटेडबीको विजेतासँग खेल्नेछ । यो सेमिफाइनल युनाइटेडको मैदानमा आइतबार राति १०ः४५ बजे हुँदैछ । आर्सनलको जीतमा दुवै गोल कप्तान पिएरे इमिरिक औवमियाङले गरे ।