आईपीओ रिजल्ट अब अनलाइन सञ्चार माध्यमले प्रकाशन गर्न नपाउने

होमल्याण्ड खबर

२०७७ फाल्गुन १३ गते, बिहीबार १२:४९ मा प्रकाशित

साधारण शेयर (आईपीओ)को रिजल्ट अब अनलाइन सञ्चार माध्यमहरूले प्रकाशन गर्न नपाउने भएका छन् । सिडिएस एण्ड क्लियरिङ लिमिटेडले यसअघि सञ्चार माध्यमहरूले पनि नतिजा प्रकाशन गर्दै आइरहेकामा अब भने नपाइने व्यवस्था ल्याएको हो ।

सिडिएस एण्ड क्लियरिङ लिमिटेडका सिईओ पुर्णप्रसाद आचार्यले अब अनलाइन सञ्चार माध्यमहरुले आईपीओको रिजल्ट प्रकाशन गर्न नपाउने व्यवस्था गरिएको बताए ।

आचार्यले आर्थिक न्युजसंग भने, ‘लगानीकर्ताहरुको गोपनियता भएन भन्ने विरोध आएकोले यस्तो व्यवस्था गरिएको हो । अब आईपीओ जारी गर्ने संस्था, बिक्री प्रवन्धक र सिडिएस एण्ड क्लियरिङबाट मात्र आईपीओ रिजल्ट हेर्न सकिन्छ ।’ महिला लघुवित्तको आईपीओ नतिजा पनि नयाँ व्यवस्था अनुसार नै हेर्न सकिने उनले बताए ।

यसअघि आर्थिक सञ्चार माध्यमहरूले पनि आईपीओको नतिजा प्रकाशन गर्दै आइरहेका थिए ।